Monday, August 9, 2010

कहाँ के को महत्व छ

तरकारीमा तेल को
कानुन मा जेल को
परिक्ष्या मा फेलको
राजनितिमा झेल को
सवारी साधन मा रेल को
तिहारमा सेल को , आफ्नै महत्व छ ।

काठमाडौंलाई जल को
फटाहा लाई छल को
किसान लाई मल को
पहल्मान लाई बल को
रेफ्री लाई फाउल को
कुर्ता सल्वारलाई सल् को
गोरु जोत्न हल को
लुगा सिलाउन कल को ,आफ्नै महत्व छ ।

जम्घट्मा रक्सीको
फिलिम मा सेक्सी को
बिस्वकपमा मेक्सी को
काठमाडौं मा टेक्सी को ,आफ्नै महत्व छ ।

जुवाडेलाई खाल को
पोखरालाई ताल को
होटेल वाला लाई थाल को
आत्मा हत्या गर्ने लाई काल को
बास्मती चामल को भात लाई दाल को, आफ्नै महत्व छ ।

क्रमश :

आखाम

ङाला माया एदान हिन्न , खालाएदा ङा डान्बा आखाम
एदा ख्लासी चौतारी री , खालाएदा ङा प्रान्बा आखाम
सेम्री येसे माया थान्गो ङाला सेम्दा न्हाङ्से डान्गो
एला माया ख्लासी श्यान्दो, बेनानला ह्वाइ न्यान्बा अखाम।

Thursday, February 18, 2010

याद

अस्ताएछ कि यो दिलको जुन
सकिन देख्न चिहाइ हेर्दा
ढुक्ढुकी सरी थियौ नि हिजो
नजिक छैनौ नियाली हेर्दा


कस्तो यो चोट कस्तो यो दुखाई
झन धेरै दुख्छ ओखती लाए
निस्तो यो शरीर धन्य हुनेथ्यो
सुस्तरी उनको ओठले गाए
अस्ताएछ कि यो दिलको जुन .........

कसरी देखाउ ,कस्तो छ हाल
दुखाउने खुशी दिएर गयौ
सकिन जिउन, उघारी खुशी
हाँसोको थैलो सिएर गयौ
अस्ताएछ कि यो दिलको जुन
सकिन देख्न चिहाइ हेर्दा
ढुक्ढुकी सरी थियौ नि हिजो
नजिक छैनौ नियाली हेर्दा
अस्तएछ कि यो दिलको जुन.........

Monday, February 15, 2010

"एउटा जीवन"


तिमीले दिएका घाऊ गन्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र

सिरानी तिम्रो काख,सोचाइ मात्र भए पछी
तिम्रो मन को कुरा जान्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र

आए थे तिम्रो सामु , नहेरी टाढा गए पछी
तिमीलाई आफ्नो भनी ठान्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र

एकान्त खोज्ने भएँ,आँसु मात्रा बाँकी रहे पछी
नसाबाट जीवन बाहिर तान्न कहाँ सकिन्छ र
तिमीले दिएका घाऊ गन्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र