Thursday, February 18, 2010

याद

अस्ताएछ कि यो दिलको जुन
सकिन देख्न चिहाइ हेर्दा
ढुक्ढुकी सरी थियौ नि हिजो
नजिक छैनौ नियाली हेर्दा


कस्तो यो चोट कस्तो यो दुखाई
झन धेरै दुख्छ ओखती लाए
निस्तो यो शरीर धन्य हुनेथ्यो
सुस्तरी उनको ओठले गाए
अस्ताएछ कि यो दिलको जुन .........

कसरी देखाउ ,कस्तो छ हाल
दुखाउने खुशी दिएर गयौ
सकिन जिउन, उघारी खुशी
हाँसोको थैलो सिएर गयौ
अस्ताएछ कि यो दिलको जुन
सकिन देख्न चिहाइ हेर्दा
ढुक्ढुकी सरी थियौ नि हिजो
नजिक छैनौ नियाली हेर्दा
अस्तएछ कि यो दिलको जुन.........

Monday, February 15, 2010

"एउटा जीवन"


तिमीले दिएका घाऊ गन्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र

सिरानी तिम्रो काख,सोचाइ मात्र भए पछी
तिम्रो मन को कुरा जान्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र

आए थे तिम्रो सामु , नहेरी टाढा गए पछी
तिमीलाई आफ्नो भनी ठान्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र

एकान्त खोज्ने भएँ,आँसु मात्रा बाँकी रहे पछी
नसाबाट जीवन बाहिर तान्न कहाँ सकिन्छ र
तिमीले दिएका घाऊ गन्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र