Tuesday, April 10, 2012

खुशी हरु रित्तिएछन , पैंचो मागी हाँस्ने गर्छु

फाटिएका मनका टुक्रा, संगालेर गाँस्ने गर्छु

मेटिएन सम्झनामा तिम्रो मिठो बोली हरु

हरेक साँझ तिम्रो तस्विर,यो छातिमा टँस्ने गर्छु

प्रितको फुल फुल्नुअघी आँधी तुफान आएपनी

हरियाली जिवनमा , तुवाँलोले छाएपनी

झिनो आसा कुना भित्र पर्खाइमा टोलाई रहन्छ

शब्दले त पराइ भने ,यो मनले त बोलाई रहन्छ