Saturday, May 26, 2012

Some feelings from inner heart


मनको जलन लाई रोक्न कहाँ सकिन्छ 
फाटिएका यी सपना  जोड्न कहाँ सकिन्छ 
तिमिले दिएको  घाऊ मुटुमा छ अझै 
सम्झिदै ती पल हरु छट्पटिन्छु सधै
तिमिलाइ  बिर्सन सक्दिन  म 
एक्लै बाँची दिन  सक्दिन म 
...................
तिमी  छौ यो मनमा , यो मुटु रगतमा 
छैन् तिमी जस्तो कोहि  यो   जगतमा 
अन्जुलिमा माया को भिख माग्दापनी 
चोट दियौ आजफेरी आफ्नो ठन्दा पनि 
आसुँ लुकाउन  सक्दिन म 
लोक  हँसाउन  सक्दिन म 
....................
निरासा भएछ यी आशा अभिलाषा 
आफै लेखिदियौ प्रेम् को परिभाषा
हासी हासी रोपिदियौ मुस्कानको छुरा 
रमाएछौ परायको लाउदा सिन्दुर चुरा 
मन् लाई भुझाउन सक्दिन म 
सपना झै बिर्सन सक्दिन म