
तिमीले दिएका घाऊ गन्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र
सिरानी तिम्रो काख,सोचाइ मात्र भए पछी
तिम्रो मन को कुरा जान्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र
आए थे तिम्रो सामु , नहेरी टाढा गए पछी
तिमीलाई आफ्नो भनी ठान्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र
एकान्त खोज्ने भएँ,आँसु मात्रा बाँकी रहे पछी
नसाबाट जीवन बाहिर तान्न कहाँ सकिन्छ र
तिमीले दिएका घाऊ गन्न कहाँ सकिन्छ र
तस्विर सँग बेदना भन्न कहाँ सकिन्छ र
No comments:
Post a Comment