Monday, August 27, 2012

म ढुङ्गामा चाल् खोज्ने मान्छे म हावामा छाल् खोज्ने मान्छे जे सुकै उपमा दिएहुन्छ मलाइ म बेसुरामा ताल खोज्ने मान्छे !!

Wednesday, August 1, 2012

जिन्दगी

न यस्तै बग्ने रहर जिन्दगी
बिना पानीको नहर जिन्दगी 

सोखले बाँच्न खोजे जसै तसै 
घरि बन्छ यो जहर जिन्दगी

रोएँ एक निमेष समयको लागि 
निरर्थक बिगतका प्रहर जिन्दगी

घमन्ड ले कथित खुशी थिए म 
बेमुल्य भनि भो ठहर जिन्दगी

यी रङिन दुनियाँ ठाने सब मेरै
हुलमै हराउने यो शहर जिन्दगी

आउने र जाने न त ठेगान नै
नरोकिने समुद्री लहर जिन्दगी