Friday, October 19, 2012

तामाङ भाषा को गजल

एला कु री थोबो थान्सी क्राबा आखम्नी तिनी ज्योमो ग्याङ ह्राङ्बा दुङाल नाबा आखाम्नी तिनी खाल्ला नजर साप्जी याङ्ला साङ्बा माया गुङरी याङ्दा फेबा दुअीला छोदा थाबा आखम्नी तिनी तिगा डान्बा थे नुन यङ्मा ताङ्बा म्रानजी एदा एला ङोन्साङ जाली माया राबा आखम्नी तिनी एसे माइजी महँगो माया ङादेन आरे मुइ म्हार ङाला माया ल्हाना बिसी डाबा आखम्नी तिनी ...

सुगम पोख्रेल को नया गीत

दशैं तिहार गीत डाउनलोड गर्नुहोस

Wednesday, October 17, 2012

हामी

कोल्टे फेर्दा दुनियाँले भुसुक्क निदाउने पनि हामी छिमेकी को झगडा लुसुक्क चिह्याउने पनि हामी हुन्न कहिल्यै अमृत बर्षा सर्पाको त्यो साथ् बाट , बुझ पचाएर दुध खुसुक्क पिलाउने पनि हामी

Sunday, October 14, 2012

time

पल पल मरेर हाँस्नु पर्छ यहाँ ढलपल गरेर बाँच्नु पर्छ यहाँ तिम्रो माया धेरै कि मेरो माया धेरै छलफल गरेर दाँज्नु पर्छ यहाँ !!!!

Monday, August 27, 2012

म ढुङ्गामा चाल् खोज्ने मान्छे म हावामा छाल् खोज्ने मान्छे जे सुकै उपमा दिएहुन्छ मलाइ म बेसुरामा ताल खोज्ने मान्छे !!

Wednesday, August 1, 2012

जिन्दगी

न यस्तै बग्ने रहर जिन्दगी
बिना पानीको नहर जिन्दगी 

सोखले बाँच्न खोजे जसै तसै 
घरि बन्छ यो जहर जिन्दगी

रोएँ एक निमेष समयको लागि 
निरर्थक बिगतका प्रहर जिन्दगी

घमन्ड ले कथित खुशी थिए म 
बेमुल्य भनि भो ठहर जिन्दगी

यी रङिन दुनियाँ ठाने सब मेरै
हुलमै हराउने यो शहर जिन्दगी

आउने र जाने न त ठेगान नै
नरोकिने समुद्री लहर जिन्दगी

Saturday, May 26, 2012

Some feelings from inner heart


मनको जलन लाई रोक्न कहाँ सकिन्छ 
फाटिएका यी सपना  जोड्न कहाँ सकिन्छ 
तिमिले दिएको  घाऊ मुटुमा छ अझै 
सम्झिदै ती पल हरु छट्पटिन्छु सधै
तिमिलाइ  बिर्सन सक्दिन  म 
एक्लै बाँची दिन  सक्दिन म 
...................
तिमी  छौ यो मनमा , यो मुटु रगतमा 
छैन् तिमी जस्तो कोहि  यो   जगतमा 
अन्जुलिमा माया को भिख माग्दापनी 
चोट दियौ आजफेरी आफ्नो ठन्दा पनि 
आसुँ लुकाउन  सक्दिन म 
लोक  हँसाउन  सक्दिन म 
....................
निरासा भएछ यी आशा अभिलाषा 
आफै लेखिदियौ प्रेम् को परिभाषा
हासी हासी रोपिदियौ मुस्कानको छुरा 
रमाएछौ परायको लाउदा सिन्दुर चुरा 
मन् लाई भुझाउन सक्दिन म 
सपना झै बिर्सन सक्दिन म 

Tuesday, April 10, 2012

खुशी हरु रित्तिएछन , पैंचो मागी हाँस्ने गर्छु

फाटिएका मनका टुक्रा, संगालेर गाँस्ने गर्छु

मेटिएन सम्झनामा तिम्रो मिठो बोली हरु

हरेक साँझ तिम्रो तस्विर,यो छातिमा टँस्ने गर्छु

प्रितको फुल फुल्नुअघी आँधी तुफान आएपनी

हरियाली जिवनमा , तुवाँलोले छाएपनी

झिनो आसा कुना भित्र पर्खाइमा टोलाई रहन्छ

शब्दले त पराइ भने ,यो मनले त बोलाई रहन्छ